तपाईंको यस्ता बानी छन भने हटाइ हाल्नुस, नत्र हुन सक्छ मृगौला खत्तम, एकमिनेट समय दिएर अबस्य पढ्नुहोस ।

मृगौला हाम्रो सरिरको अति नै महत्वपुर्ण अंग हो , जानि नजानी हामीले आफ्नो मृगौलालाई असर पर्ने काम गरिरहेका हुन्छौ । हामीले गरेको कतिपय लापरबाहीका कारण मृगौला फेल सम्म हुने गर्दछ । जसलाई बेलामा ध्यान दिन सके यस बाट बच्न सकिन्छ। यस्ता कुरा हरुमा ध्यान दिन अति आबस्यक छ।

१ . चिसो बाट बच्नु पर्दछ, बेवास्ता गर्दा चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस भन्ने रोग लाग्न सक्छ जसले किड्नीमा व्याक्टेरिया पैदा गर्दछ। फलस्वरूप किड्नी बिग्रन सक्छ।

२ . धेरै नून भएको खानेकुरा खादा पनि किड्नी खराब हुने सम्भावना रहन्छ । धेरै नुनिलो पदार्थ ले सरिरमा सोडियम ब्लड प्रेसर गराउँछ, जसका कारण किड्नीमा पर्ने गर्दछ।

३ . यदि तपाइँ पिसाब रोक्नुहुन्छ भने त झन् खतरनाक काम गर्दैहुनु हुन्छ। धेरै समयसम्म पिसाब रोक्दा पिसाब भरिएर मृगौलासम्म पुग्छ । पिसाब रोक्दा पिसाबमा हुने व्याक्टेरियाले मृगौलालाई नोक्सान गर्छ ।

४ . मृगौलालाई स्वस्थ राख्न धेरै पानी पिउनु पर्छ। दैनिक ८ देखि १० गिलास पानी पिउदा मृगौलालाइ स्वस्थ राख्न मदत मिल्छ । थोरै पानी पिउने या पानी नै नपिउदा शरीरमा जम्मा भएको विकार तत्वले किड्नीलाइ खराब बनाउछ।

५ . धुम्रपान चुरोट सिगरेट पिउँदा सुर्ती खैनी खादा शरीरमा विष जम्मा हुन्छ जसले मृगौला खराब गर्ने सम्भावना धेरै हुन्छ । धुमपानले ब्लड प्रेसर पनि बढाउँछ जसले अन्तत मृगौलालाई असर गर्छ ।

६ . असामान्य तरिकाले धेरै खाने मानिसलाई पनि मृगौलाको समस्या हुन् सक्छ । बढी खाँदा मानिसको तौल बढ्छ र म्रिगौलासंग सम्बन्धित समस्याहरु उत्पन्न हुन् सक्छ ।

७ . मासु धेरै खाने वा अत्याधिक मात्रामा प्रोटिन पदार्थ खाने लाइ पनि मृगौला समस्या हुन सक्छ । प्रोटिन धेरै खादा किड्नीमा मेटाबोलिक लोड बढ्छ र किड्नी पथरी समस्या आउन सक्छ ।

८ . रक्तचाप र मुटु रोगको बिसेश ध्यान दिनु पर्छ। यस्ता रोग ले मृगौलाको रोगको समस्या निम्त्याउँछ । दिनको कम्तिमा ८ घन्टा सुत्नु आबस्यक छ , निन्द्रा कम भए या नपुगे ब्लड प्रेसर बढछ र मुटुमा समस्या आउछ जसले अन्तत मृगौलामा असर गर्छ।

९ . धेरै बजारका अजिनोमोटो भएका रेडिमेड खानेकुरा खादा पनि मृगौला बिग्रने सम्भवना रहन्छ। चाउचाउ,पानीपुरी ,चिप्स जस्ता खानेकुराले किड्नी बिग्रन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!