अरुणखोला बस दुर्घटना:- मृत्यु हुनेको संख्या ६ पुग्यो ,चार जनाको सनाखत

कार्तिक ४ – नवलपुर जिल्लाको अरुणखोलामा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या ६ पुगेको छ । दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सोहम कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।दुईजनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो ।इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको अरुणखोलामा अनियन्त्रित भइ सडकबाट खसेको हो । दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचारपछि फर्किएको र केहीको भरतपुर अस्पताल र मनकामना पोलिक्निकमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस