आफ्नो वचन नफेर्ने वचन राखेका भारतीय पाइलटले भारतीय रक्षामन्त्री सङ्ग भेटेर गरे यस्तो खुलाशा

पाकिस्तानमा हवाई आक्रमणका लागि टार्गेट खोज्दै गरेको अवस्थामा पाकिस्तानले भारतको २ लडाकु विमान खसाल्यो । जसमा एक पाईलट अभिनन्दन वर्तमानलाई जीवितै उद्धार गरी पाकिस्तानी सेनाले आफनो नियन्त्रणमा लियो ।हिजोमात्र प्रधानमन्त्री इमरान खान ले भारत र विश्वलाई नै शान्ती र सद्भावको सन्देश दिदै अभिनन्दनलाई रिहा ग¥यो । पाकिस्तानी अधिकारीहरुले उनलाई भारतीय अधिकारीसमक्ष सुम्पिएका थिए ।लगत्तै उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।आज उनलाई रक्षामन्त्री निर्मला सीता रमणले भेटेकीछिन् । उनले अभिनन्दनसंग पाकिस्तानमा बिताएको ६० घण्टाको बारेमा जानकारी लिएकी थिईन् ।

भारतीय मिडियाले अभिनन्दनले रक्षामन्त्रीसंग आफुले पाकिस्तानमा कुनै शारिरिक यातना नपाएको तर मानसिक यातनाबाट भने गुज्रिनु परेको बताएको मिडियाले जनाएको छ । उनले कस्तो मानसिक यातना सहे त्यसको बारेमा भने खुलाएका छैनन् । तर सामाजिक सञ्जाल र मिडियामा पाकिस्तानी सेनाले अभिनन्दनलाई निकै माया गरेर राखेको देखाईएको थियो ।पाकिस्तान छोड्नु अघि सार्वजनिक भएको भिडियोमा उनले पाकिस्तानमा राम्रो व्यवहार पाएको र पाकिस्तानी सेनाहरुबाट निकै आत्मिय व्यवहार पाएको उल्लेख गरेका थिए । उनले भारत पुगेपछि आफनो बयान समेत नफर्ने बताएका थिए तर भारत आएपछि उनले रक्षामन्त्रीसंग आफुले पाकिस्तानमा मानसिक यातना पाएको बताएको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!