‘चंगा चेट’ हेर्न १६ बर्ष मुनिकालाई अभिभावक चाहिने भएपछि आक्रोसित भए निर्माता

“गोजीमा दाम” बोलको गीतको कारण नै चर्चामा रहेको फिल्म ‘चंगा चेट’ ले सेंसरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । अब यस फिल्मलाई हेर्न १६ बर्ष मुनिका बालबालिकालाई अभिभावकको साथ चाहिनेछ । निर्माता माधव वाग्लेले फिल्म सेन्सर पास भएको सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक सेन्सर बोर्ड प्रति गुनासो समेत पोखेका छन् ।

फिल्मको सिन पनि काट्ने र उक्त काटिएको सिनका कारण चलचित्रलाई पिजी किन ? वाग्लेको प्रश्न छ । उनी सेंसरबोर्डप्रति उनको आक्रोस छ । माधव वाग्ले र सर्मिला पाण्डे निर्माताको रुपमा रहेको यस फिल्ममा प्रदिप भारद्धाजको लेखन र दीपेन्द्र के खनालको निर्देशन रहेको छ ।

फिल्ममा प्रियंका कार्की , आयुषमान देसराज जोशी , परमिता राणा ,सन्दिप क्षेत्री , रबिन्द्र झा र सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म डार्क कमेडी यस फिल्मले काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा लाई उठान गरेको छ । फिल्म कार्तिक १६ मा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस