नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर,यो कम्पनी लाई जिम्मा दिनुहोस, पूरा विवरण हेर्नुस।

चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ। फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो। रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो।

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ।कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ। सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ।

त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ। १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ।

४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको कार्यकारी निर्देशक छे दोङ्ग इलले जानकारी दिए।

दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ। अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए। महाप्रबन्धक सम्बाहाम्फेले नेपाली ग्राहकको गच्छे अनुसार १२ लाख रुपैयाँ सम्ममा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने बताए।

यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन, बिद्यालय, अस्पताल, ह्याचरी, हाइड्रोपावर, एयरपोर्ट, रंगशाला, जीम हल, सैनिक प्रहरी क्याम्प, कारखाना, होटेल, रिसोर्ट, डिपार्टमेन्ट स्टोर, पार्टी प्यालेस निर्माण गर्न सकिन्छ। खबरआजको बाट साभार

हामीले सधैं सुनिरहेको कुरा हो– हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं।

एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगे/नपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।

छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्न – ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ।

यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमक सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

मुख सुक्नु र धेरै तिर्खा लाग्नु-कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् (किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ) ।

यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

शरिरमा पानीको कमि हुदा के हुन्छ? जानी राखौं
टाउको दुख्नु-टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।

नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ)का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।

सधैं थकित-दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ। थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।

शरीरको वजन बढ्नु-तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।

यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।

अपचको समस्या-यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियत/अपचको कारण नै पानीको कमी हो ।

पाचन क्रिया सहज बनाउन र कब्जियत/अपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

मुत्रनलीको संक्रमण-मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ । मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।

शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।

झर्किने र झन्किने-तपाईं जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।

यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाईं धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एक-दुई ठूलो गिलास पानी पिइहाल्नुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।

मांसपेशी बाउँडिने-मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।

कतिपय यसमा असहमत होलान्, तर विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ। डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ/पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ ।

पर्याप्त पानी खाएको कसरी थाहा पाउने दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाइ छन् । पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकार/वजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो पुरुषले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्ली महिलाका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ ।

अमेरिकाको मिनेसोटास्थित ‘द मायो क्लिनिक’ (नाफा नकमाउने संस्था जसमा चिकित्सक, वैज्ञानिक र शोधकर्ता गरी ३३ सयभन्दा बढी आबद्ध छन्)ले इन्स्टिच्युट अफ मेडिसिनको निर्देशिका उल्लेख गर्दै सामान्य अवस्थामा पुरुषका लागि १३ कप र महिलाका लागि ९ कप दैनिक पानी पिउनु पर्याप्त हुने जनाएको छ । तर व्यायाम गर्नु हुन्छ वा पसिना आउँछ भने योभन्दा बढी पानी पिउनु आवश्यक छ । त्यसमाथि पनि मानिसको जीवनशैली, खानपान र शारीरिक बनावट अनुसार आफूलाई कति पानी पर्याप्त हुन्छ मनन् गर्नु बेस हुन्छ । ताजाखबर बाट सभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!