३२ किलो सुन प्रकरण: ३४ करोड रुपैयाँ जरिबानासहित ५ जनाविरुद्ध मुद्दा

काठमाण्डाै – कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट बरामद भएको ३२ किलो सुन काण्डमा राजश्व अनुसन्धान विभागले ५ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको छ ।

सुन तस्करीमा संलग्न भएको आरोपमा लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा इन्दिरा विक र झंकरबहादुर विक विरुद्ध जिल्ला अदालतमा राजश्व छलीको मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

उनीहरुविरुद्द ३ वर्ष कैद, १६ करोड ९२ लाख रुपैयाँ विगो र ३३ करोड ८५ लाख ६० हजार जरिबानासहित मुद्दा दर्ता गरिएको छ । गएको फागुन ४ गते पुनर्वासबाट दुई पोकामा १ सय ४२ प्याकेट सुन बरामद भएको थियो । उज्यालो अनलाइन बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!