गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे बलिउडमा फिल्म बन्ने, यस्तो हुनेछ कथा बस्तु

गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे बलिउड फिल्म बन्ने भएको छ । भारतीय गायक हिमेश रेशमियाले उक्त फिल्म बनाउने भएका हुन् । गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागी उने राइट्स समेत लिइसकेका छन् । नेपालको पर्वत जिल्लामा जन्मिएका श्रेष्ठले सन् २०१० मा गरेको एक महान कामले गर्दा भारतका जनताले उनलाई अझैसम्म पनि सम्झने गर्दछन् । अब उनैको कथामा फिल्म बन्ने भएको हो । उक्त फिल्मको कास्ट भने फाइनल भएको छैन ।

सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए । यो घटना तब घट्यो जब उनी मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए । लुटेराले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थालेपछि उनले एक्लै ति लुटेराको सामना गरेका थिए ।गोर्खाली खुकुरीको प्रयोग गरि उनले यात्रुहश्रको चार लाख नगद, सुनका गरगहना, मोबाइल , ल्यापटप लगायतका सामग्री जोगाएका थिए । घटनामा ३ डाकाको ज्यान गएको थियो भने आठ जना घाईते भएका थिए । यता श्रेष्ठलाई पनि बायाँ हातमा चोट लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!