दु:खद खबर, जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,३ जना गम्भीर घाइते

उदयपुर — उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

आइतबार राति सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयामसम्म जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअपजिप दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएकोहाे ।

दुर्घटनामा गम्भीर घाइते बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षीय चरकुमारी राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको छ ।

बेलका ७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते छिन् । घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!