शरणार्थीको गन्तव्य स्थल बन्दै नेपाल, भित्रीयो १ हजार शरणार्थी

काठमाडौं । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।

यस समाचार जनबोली नेट्वर्क मार्फत साभार गरिएको हो।

कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्रा्ष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ ।

अन्तर्रा्ष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिन्छ ।

प्रहरीका लागि भने यो चिन्ताको विषय बनेको छ । द्वन्द्वग्रस्त देशहरूबाट छिरेका शरणार्थी आतंकवादी समूहबाट परिचालित हुन सक्ने सम्भावित खतराबाट प्रहरी चिन्तित छ ।

यस्तै, संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो ।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस (दुइटा ए ३२० र दुइटा ए ३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए । पत्रपत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!