ललितपुर काण्ड-अन्जनाकै कारण हत्या? भयो सनसनिपुर्ण खुलाशा, बास्तबिकता यस्तो(भिडियो )

अन्जना महतको आफ्नै जेठाजुले बीभत्स हत्या गरे पछि अहिले यो घटनालाई लिएर अनेक कुराहरु बाहिर आउन थालेका छन । खुमलटारमा रहेको प्रचण्ड निवास नजिकै एक महिलाको बिहिबार हत्या भएको थियो । प्रचण्ड निवास नजिकै रहेको ढोलाहिटी सोनाकोठी भन्ने ठाउँमा जेठाजुले बुहारीको हत्या गरेका हुन्।

श्रीमानका दाजु अर्थात जेठाजुले २४ वर्षीय अन्जना महत माथि खुकुरी प्रहार गरेका थिए। प्राप्त जानकारी अनुसार अन्जनाको घटनास्थलमै मृत्यु भएको थियो।
खुकुरी प्रहार गरी हत्या गर्ने जेठाजु ३२ वर्षीय उज्ज्वल महतलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ। मृतकका श्रीमान प्रज्ज्वल महत समेत घटनास्थलमै छन्। घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ । अन्जना माथि खुकुरी प्रहार हुनुको कारण भने खुल्न सकेको छैन। घटना भएको स्थान खुमलटारमा रहेको प्रचण्ड निवास देखि ५ मिनेट मात्र टाढा रहेको बताइएको छ।

यो घटना लाई लिएर अहिले अनेक भिडियो हरु र आफन्तको भनाई हरु बाहिर आईरहेको छ। अन्जनाका ससुराले छोरोको मानसिक अवस्था ठिक नभएको बताउँदै आएका छन भने अन्जनाको माईतीले ज्वाईं त्यस्तो नभएको बताएका छन।

मानिस हरुको आफ्नै मुल्यांकन छ, कसैले अन्जनाको अदभूत क्षमताकै कारण उनी मृत्युको मुख सम्म पुगेकि हुन कि भन्ने पनि संका गर्दैछन , उनी क्यानडा जाने तयारिमा थिए, र उज्जल महतले बारम्बार उस्लाइ क्यानडा जान बाट रोकेकोले गर्दा कतै यस्तो घटना घटेको त होइन भन्ने पनि छ।
यो हेर्नुस पुन्य गौतम सङ्ग अनलाइन टिभि नेपालले लिएको अन्तरबार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!