मोटरसाइकलको ठक्करबाट १३ बर्षिय बालक गम्भीर घाइते , हेलिकप्टर बाट उद्दार गरि पोखरा लगियो।

बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका वडा नं। ६ ठुलावेसिमा मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँका १३ वर्षीय अमृत थापा गम्भीर घाइते भएका छन् । लु ३१ प ३६०९ नं। को मोटरसाइकलले थापालाई बुधवार दिउँसो ठक्कर दिएको हो ।

घाइतेको थापाको अवस्था गम्भीर भएकाले हेलिकोप्टर मार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा लगरे उपचार गरिरहेको बताइएको छ । विपरित दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा थापालाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकल चालक बडिगाड गाउँपालिका–५ का शिखर गिरीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।osnepaltv बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!