दोलखामा एक महिला मृत अबस्थामा फेला,

घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताउनुभयो ।

मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ nponlinetv बाट

थप समाचार
काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन । युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ ।

आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ । दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।न्यौपानेका अनुसार सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि आउँदैछ ।डीएसपी न्यौपानेका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!