नवलपरासिमा असिना पानि सहितको हावाहुरिले ३०० भन्दा बढी घर क्षती, यस्तो छ क्षति विवरण

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गएराति हावाहुरी सहित असिना पानी आउँदा ३ सय भन्दा बढी घरमा क्षति भएको छ ।नगरपालिको तथ्यांक संकलन गरिरहेकोेले यकिन तथ्यांक आउँन बाँकी रहेको र क्षति भएका घरहरु मध्य आधाआधी बस्नै नमिल्ने गरी क्षति भएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीले बताइन् ।तिवारीका अनुसार ठाउँठाउँमा विजुलीको पोल ढलेको छ, देवचुली आधारभूत विद्यालय, भीमसेन मावि लगायतका विद्यालय, कुखुराको खोर लगायत को छानो उडाएको छ ।

सबैभन्दा बढी क्षति देवचुली नगरपालिकाको वडा नंंं. ७ मा सबैभन्दा बढी क्षति भएको र हावाहुरीले देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ गरी ७ वटा वडामा क्षति पुगेको छ ।मानवीय क्षति भएको जानकारी नआएपनि सामान्य चोटपटकहरु पनि लागेको भेटिएको तिवारीले बताइन ।

तपाईको प्रतिक्रिया दिनुहोस