‘गलबन्दी’ कै कारण प्रकाश सपुतलाइ आइजिपिको फोन,

काठमाडौँ – पछिल्लो समय बोल माया गीतको सिक्वयलको रुपमा सार्वजनिक गरीएको ‘गलबन्दी’ गीतले निकै चर्चा पाएको छ । हालसम्म यस गीतलाई असि लाख बढिले हेरिसकेका छन् । उक्त गित ट्रेण्डिंग १ मै रहेको छ । पछिल्लो समय गलबन्दी युट्युबमा निकै चर्चित बनेपछी गायक प्रकाश सपुतको चौतर्फी चर्चा चलेको छ। गीतमा उनको मौलिकतालाई अत्यन्तै मन पराइएको छ ।उनलाई धेरैले मन पराएका छन् । यहि बिचमा उनलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् ।

आइजिपी खनालले मौलिक गीत पस्केको भन्दै यस्तै गीतको निरन्तरताको लागी शुभकामना समेत दिएका छन् । यस्तै गायक प्रकाश सपुतले पनि ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलाई दरो बनाएको भन्दै फेसबुकमा लेखेका छन् ।

सपुतले लेखेका छन् । म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ । हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै ।
जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ। यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनी समग्र लोक संगित कर्मिका लाग सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्तत: नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।यो गीतसँगै प्रकाशको चचाए झनै चुलिएको छ ।

प्रकाश सपुतको फेसबुक स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!