उपचारका लागि अमेरिका जाँदै मेघा घिमिरे,

काठमाडौँ । नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ।

संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउण्डेशनले सहयोग गर्न लागेको जानकारी दिए ।

आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताए । “घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ”, उनले भने ।

कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!