धरानमा घाँस काट्ने क्रममा करेन्ट लागि ५५ बर्षिय धनमाया कार्किको मृत्यु

सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-१७ पट्नाली बस्ने ५५ बर्षीया धनमाया कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा घाँसको हाँगाले बिद्युतको नाङगो तारमा छुन गई करेन्ट लाग्दा कार्की गम्भीर घाईते भएकी थिईन ।
घाईतेलाई उपचारको लागि तत्काल बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारकै क्रममा दिउँसो साँढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!