बिचल्लीमा परेकी भनिएकि प्रमिलाले जन्माइन यति राम्री छोरी(भिडियो सहित)

पाँचथर ।। अन्तरजातीय विवाह गरेकी पाँचथरकी प्रमिला शिवाको यतिवेला विजोग भएको छ । १ बर्ष अगाडी प्रेम विवाह गरेकी शिवाका श्रीमानले उनी गर्भवती भएसंगै छाडेर हिडेपछी उनको विजोग भएको हो ।

समाजले पटक पटक गर्भपतनको दवाव दिदा समेत सन्तानको मायाँकै कारण जन्माउने हिम्मत गरेकी शिवाले आज विहान छोरीलाइ जन्म दिएकी हुन् । दलित समुदायकी यि किशोरीले लिम्बू समुदायका यूवा संग प्रेम विवाह गरेकी थिइन् ।

तर गर्भवती भएपछी श्रीमानले छाडेर बेपत्ता भए अहिले हल्ला सुन्छिन उनका श्रीमानले अर्कै केटी लिएर हिडेका छन् ।

गर्भको बच्चाको मायाँ लागेर भिडियो एक्सरे गर्न जाँदा स्वास्थ्य चौकीमा ८ सय रुपैया मागेको तर आफु संग पैसा नभएपछी त्यसै फर्किएको उनको भनाइ रहेको छ । एक दिन आफ्नो श्रीमान आउने आश गरेरै सन्तानको जन्म दिएको लागेको उनले बताइन् ।

उनलाइ जिल्ला अस्पताल पाँचथर सम्म ल्याउने काम गैह्र सरकारी संस्था नेपाल जनउद्धार संगले गरेको थियो । प्रमिलाकि छोरी कस्ती छिन त ?

भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!