शुभ बिहानि💘💘आज मिति२०७६साल जेठ ३० गते बिहिवार तपाईंको राशी अनुसार आजको दिन यस्तो हुनेछ, राशिफल पढी शेयर गर्नुहोस।

मेषः– सोमबारसम्म समय अनुकुल त्यति देखिन्न । चिन्तामग्न भएर बस्नु पर्नेछ । विभिन्न खालका समस्याहरुसँग जुद्धनु पर्नेछ । बातावरण भत्किनेछ,सहज रुपमा काम हुने छैनन । आर्थिक समस्या झेल्नु पर्नेछ । मंगलबार देखि समयले साथ दिनेछ । उपकारी काम हुनेछन् । टुटे फुटेका कुरा मिल्ने छन् । समस्या समाधान भएर जाने छन् । आत्मबल आत्म विश्वास बढ्नेछ । अबरुद्ध कामले गति लिनेछ । सामाजिक क्षेत्रमा लगानी बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । अध्ययन अध्यापन कार्य सुचारु हुने छन् ।

वृषः–६ गते सम्म समय अनुकुल देखिन्छ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवनसाथिको साथले मनमा उमङ्ग बढ्नेछ । यात्राको योग पनि देखिन्छ । उप्रान्त विहिबार अपरान्ह सम्म समय खराव रहला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पति चोरी वा हराउन सक्छ । विश्वास गरेकाले धोका दिने छन् । व्यापार व्यवसायमा हानी नोक्सानी हुनसक्छ । शेष दिन अनुकुल अनुकुल देखिन्छ । अवरुद्ध काम सम्पादन हुनेछन् । सहयोगी हात भेटिने छन् । आत्मबल आत्म विश्वास बढ्नेछ ।

मिथुनः– विहिबार अपरान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । काम गर्दा संघर्ष बढि गर्नु पर्नेछ । आराम गरेर बस्छु भन्नु भयो भने शान्ति र सुख भाग्नेछ । प्रयास र प्रयत्नको फल राम्रै निस्कनेछ । प्रयास गर्दा नयाँ कामको अवसर नआउला भन्न सकिन्न । अरुको भरमा काम नगर्नु होला । शेष समय त्यति अनुकुल देखिन्न । मनमा शान्ति मिल्ने छैन । जोखिमपूर्ण यात्रा नगर्नु होला । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । आफन्तले धोका दिने छन् । लगानी डुब्न सक्छ । व्यापार घट्नेछ । व्यर्थको घुमाई फिराई हुनेछ ।

कर्कटः– साताको पूर्वाद्र्ध भन्दा उत्तराद्र्ध बढि उपलब्धिपूर्ण रहला । आइतबार र सोमबार महत्वकाँक्षा बढ्नेछ । हतारमा निणर्य गरेर पछुताउने अवस्था आउनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । मंगलबार देखि समय विस्तारै सुधार आउनेछ । तर अरुको भरु विश्वासमा काम नगर्नु होला । काममा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सकिने । आयत निर्यात व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

सिंहः– साताका अधिकाँश दिन विना उपलब्धि वित्नेछन् । रविबार र सोमबार घरयासी समस्यामा रुमलिनु पर्नेछ । शारीरिक शिथिलता बढ्नेछ । आफन्तजनमा मनमुटाव बढ्नेछ । व्यसायमा समस्या आउने देखिन्छ । धन सम्पतिको विषयलाई लिएर झगडा पर्न सक्छ । इच्छा आकाँक्षा बढि हुने छन् तर पूर्ति हुने सम्भावना कम देखिन्छ । पढाई लेखाईमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । मंगलबार देखि भने समयमा सामान्य सुधार आउनेछ । काम गर्न सके दाम कमाईनेछ । संघर्षबाट टाढा नभाग्नु होला । समस्या केहि समाधान हुनेछन् ।

कन्याः– आईतबार र सोमबार साता कै उत्कृष्ट दिन देखिन्छ । समयमा काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । पुराना समस्या अधिकाँश समाधान हुनेछन् । मंगलबार देखि समयले कम साथ दिनेछ । घर परिवारमा विभिन्न समस्या आउनेछन् । शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । संयमित भएर काम गर्नु होला । आर्थिक पक्ष बलियो कमजोर बन्नेछ । अन्योलता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ ।

तुलाः– विहिबार मध्यान्हसम्म समय सामान्य अनुकुल देखिन्छ । थोरै आशाका अङ्कुर पलाउने छन् । लगनशिल भई काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । तर पूर्ण भरोसामा भने काम नगर्नु होला । शुक्रबार र शनिबार समयले कम साथ दिनेछ । घरका समस्या जहाँका तहि रहने छन् । अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । व्यापारमा मन्दि आउनेछ । मनमा अशान्ति फैलिनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् ।

वृश्चिकः– साताका अधिकाँश दिन अनुकुल देखिन्छ । संयमित भएर काम गर्नु होला । समयको महत्व वुझेर काम गर्नु होला । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट प्रतिफल निस्कनेछ । आर्थिक पक्षलाई ध्यान दिएर काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । प्रयत्न गर्न सके नयाँ कामको अवसर आउनेछ । इच्छा आकाँक्षा बढ्ने छन् र केहि पूर्ति पनि हुनेछन् । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । मंगलबार र बुधबार धन दिने काम नगर्नु होला । विश्वास गर्दा धोका हुनसक्छ ।

धनुः– साताको पहिलो र दोस्रो दिन खराव देखिन्छ । अनावस्यक झन्झट आईलाग्ने छन् । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । फजुल खर्च बढ्नेछ,आर्थिक संरचनालाई नचलाउनु होला । ऋण लगानी गर्दा डुब्ने डर हुनेछ । आफन्त बनेर धोका दिने छन् । अन्य दिन भने सामान्य अनुकुल रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । व्यापार व्यवसायमा नयाँ आम्दानीका क्षेत्र फेला पर्ने छन् । नोकरी तथा राजनीतिमा प्रयत्न गर्दा अवसर आउनेछ । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । भोज भतेर सभा सम्मेलनको लागि निमन्त्रण आउनेछ ।

मकरः– आइतबार र सोमबार आम्दानीका दृष्टिले महत्वपूर्ण देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा मांगलिक काम हुनेछन् । आफन्तको सहयोग मिल्नेछ भने मंगलबार देखि विहिबार मध्यान्हसम्म समय प्रतिकुल रहेकोछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यर्थको घुमाई फिराई होला । धैर्यता टुट्न सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । उप्रान्त समय पुन अनुकुल हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । अधुरा काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । आर्थिक उन्नति सन्तोषजनक रहनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भः– विहिबार मध्यान्ह सम्म समयले पूर्ण साथ दिनेछ । कार्य क्षमता र लगशिलता बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । अपुरा अधुरा कार्य सम्पादन हुनेछन् । विरोधीहरु शरणमा आउने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ । इच्छा आकाँक्ष पूर्ति हुनेछन् । बोलिको प्रभाव पर्नेछ । इष्टमित्र आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । संचित धन बढ्नेछ । शेष साता भने खराव देखिन्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । व्यापारमा घाटा हुनेछ ।

मिनः– समग्रमा साता उत्तम देखिन्छ । समयको पूर्ण सदुपयोग गर्नु होला । अबरुद्ध भएका योजनाहरु अगाडि बढ्नेछन् । वैदेशिक कार्य अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोग मिल्नेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । काममा सरलता आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । उच्च व्यक्तित्व सँग भेटघाट हुनेछ । रमाईलो यात्राको योग पनि देखिन्छ । घरमा मांगलिक कार्यका साथै अतिथिको आगमन हुनेछ । राजनीति चासो बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!