ज्योतिष भनेर चिनाउने अर्जुन क्षेत्री बारे उनकै आमाले गरे यस्तो खुलाशा

काठमाडौं ३१ जेठ /

मुस्कान – आफूलाई ज्योतिष भनेर चिनाउँदै आएका अर्जुन क्षेत्री यतिबेला प्रहरी हिरासतमा रहेको छ । केही युट्युबहरुमा अन्तर्वार्ता दिने क्रममा जेठ महिना भित्र ठूलो भुकम्प आउँछ भनेर अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई गत जेठ २४ गते पक्राउ गरेका हुन् ।

अर्जुन क्षेत्रीलाई धेरैले गलत भनिरहेका बेला उनकी आमा मिडियामा आएर मेरो छोरा सत्य छ भन्दै दाबि गरेका छन् ।’ छोराले गरेको धेरै भविष्यवाणी मिलिरहेको पनि बताउँछिन् ।

ज्योतिष पढ्छु भनेर धेरैनै जिद्दी गरेपछि आफूले ५ लाख खर्च गरेर पढ्न पठाएको बताउछिन् । तर आमा छोरा बिचकै धेरै कुरा नमिलेको पाइयो, छोरा अर्जुनले बुबा आर्मी हुनुहुन्थ्यो भन्दै आएका थिए भने ,आमा भन्छिन् आर्मी हैन ।

छोराले बोलेको धेरै कुराहरु मिलिरहँदा एउटा कुरा नमिल्दैमा प्रहरीले पक्राउ गर्न नमिल्ने भन्दै अर्जुनलाई छाड्न प्रहरीलाई अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!