बिषालु च्याउले परिवार नै सखाप, २ जनाको अबस्था गम्भिर

काठमाडौ । गत शुक्रबार च्याउ खाएर विरामी परेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममानै काठमाडौंमा निधन भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा थप तीन जनाको निधन भएको मृतकका आफन्त सुमन मल्ल ठकुरीले जानकारी दिएका छन् ।

पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्ण सिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी, ६ वर्षीय सुमन सिंह ठकुरीको गएराति निधन भएको हो । निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोरा छोरी अर्थात दिदी भाइ हुन् ।

दुई दिन अघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो । मृतक ६ जना मध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।

विषालु च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । विरामीहरु मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भइरहेको छ । ४ जना मध्ये ३ जनाको अवस्था सुधार उन्मुख रहेको परिवारले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!