४ कक्षामा पढ्ने बालिकाले लेखे प्रधानमन्त्रीलाई यस्तो चिट्ठी ,पूरा पढी शेयर गरिदिनु होला।

कक्षा चारमा पढ्ने बालिकाले आफ्नो स्कुल जाने बाटो बनाइदिन भन्दै प्रधानमन्त्रीलाई लेखेको पत्र रातारात भाइरल सेयर गरौ !!
अहिले सामाजिक संजालमा एक पत्र भाइरल भइरहेको छ । ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नै हातले लेखेको यो पत्र सामाजिक संजालमा अत्याधिक शेयर भइरहेको छ । प्राप्ति लामिछाने नामकी ती बालिकाले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताले अहिले यो पत्र निकै शेयर गरिरहेका छन् ।

राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् । सामाजिक संजालमा प्रयोगकर्ताहरुले यो पत्र शेयर गर्दै यो पत्रलाई शेयर गरी भाइरल बनाऔं भने सन्देश समेत लेखेका छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।

प्राप्तिले प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई निवेदन लेखेकी हुन् । उनले आफूहरुलाई नियमित विद्यालय जान बाटोको कारण समस्या भएको भन्दै समस्या समाधाननका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । दुई दिन परेको वर्षाका कारण सो क्षेत्रको सडक हिलाम्मे बनेपछि आवातजावतमा समस्या परेको छ । विशेषगरी विद्यालय जाने बालबालिका उक्त समस्याबाट बढी पीडित बनेका छन् ।

यो पनि…ओली प्रचण्डसँग डराउनुका ४ कारण

पछिल्लो समय सरकार धेरै समस्यामा देखिन्छ । यो समस्याको अभिव्यक्ति प्रधानमन्त्रीको सचिवालयबाटै बाहिरिएको छ । केन्द्रमा दुईतिहाइको सरकार छ । नेपालको संविधान–२०७२ले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र राज्यको समावेशी चरित्र संस्थागत गरिसकेको छ । संविधानले परिकल्पना गरेअनुरूप प्रदेश र स्थानीय तह गठन भइसकेका छन् । आवश्यक परे सरकारले संविधान संशोधनको प्रक्रिया निर्वाध अघि बढाउन सक्छ । जस्तासुकै चुनौतीहरु पन्छाउन सक्छ ।

तर, इतिहासमै शक्तिशाली मानिएको सरकार उपलब्धिको रक्षा विकास गर्नुको सट्टा परिवर्तन नै उल्ट्याउने खतरा बढ्यो भन्दै हिँड्न थालेको छ । सरकार अरूका कारण नभई आफ्नै कार्यशैलीका कारण अप्ठ्यारोमा परेको विश्लेषकहरू बताउँछन् । आफैँले देखाएको सपना उसलाई निकै बोझिलो बनिरहेको उनीहरूको तर्क छ ।

सरकारका निर्णय एकपछि अर्को विवादमा पर्दै आए । संघीय संसदमा दर्ता भएका विधेयकमा सरोकारवालाले आपत्ति प्रकट गरिरहेकै छन् । अधिकांश विधेयकमा सरकारले सरोकारवालासँग छलफल नै गर्न आवश्यक ठानेन । सरोकारवालाको मतभन्दा दुईतिहाइ मततिरै उसको ध्यान गयो ।

यसको परिणाम स्वरुप गुठी विधेयकमा नराम्रोसँग ठेस लाग्यो । विधेयक विरुद्ध काठमाडौ‌मा जनसागर उर्लिएर माइतीघर घेराउ गरेपछि दुईतिहाइ जनमत प्राप्त र इतिहासकै बलियो सरकार पूरै रक्षात्मक देखिएको छ । र, आफ्ना निर्णयमा एकपछि अर्कोगरी पछि हट्न बाध्य बनिरहेको छ ।

साढे ३३ किलो सुन प्रकरण, ठेकेदारलाई कारवाही गर्ने कुरा सेलाएसँगै कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरण पनि बेपत्ता बन्यो । वाइडबडी खरिदको न्यायिक जाँचबुझका लागि गठित आयोगले समयावधि सकिँदा पनि प्रतिवेदन बुझाएको छैन । वाइडबडी प्रकरणमा सरकारको उदासिनता विभिन्न रूपमा प्रकट भइरहे । सामाजिक सञ्जालमा पनि वर्तमान सरकारको आलोचना हुन थालेको छ । यी सबैमा आफ्नो अक्षमता छरपष्ट भइरहँदा सरकार भने परिवर्तन नै उल्टने खतरा देख्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!