सिरिन्ज आतंक – सिसिटिभी फुटेजमा देखियो यस्तो दृश्य (भिडियो सहित)

काठमाडौं । ढल्कुमा भएको आक्रमणको भिडियोको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । भिडियो मा कुकुर लाई दोराउदै हिडेकी एक युबतिलाई मोटरसाइकलमा हुइकिदै आएका युवाले आक्आरमण गरेर भागेको देखिन्छ। जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रामण गरेका थिए । प्रहरीले काठमाडौँमा महिलामाथि धारिलो बस्तु प्रयोग गरी घाइते बनाउने एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की रहेका छन्।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको अपराध महाशाखासहितको टोलीले कार्कीलाई बिहीबार राति १० बजे महाराजगञ्जबाट पक्राउ गरेको हो।महाराजगञ्जमा फास्टफुट चलाउँदै आएका कार्कीले रेस्टुरेन्ट बन्द गरेर फर्कने क्रममा सोह्रखुट्टे, टंकेश्वर, डल्लु लगायतका क्षेत्रमा महिलामाथि ढलान किल्लाले घोच्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।प्रहरीमा उनले आफूले रमाइलोको लागि महिलामाथि ढलान किल्लाले घोच्ने गरेको बयान दिएका छन्।केही समयदेखि राजधानीका विभिन्न स्थानमा हुँदै आएको यसखालको आक्रमणले महिला र सर्वसाधरण त्रासमा रहेका थिए।

आक्रमण जारी रहने र आक्रमणकारी पक्राउ नपर्ने हुँदा महिलामा थप त्रास सिर्जना भएको थियो।गत जेठमा शृंखलाबद्ध रुपमा डल्लु क्षेत्रमा महिलाहरुमाथि यसखालको आक्रमण भएको थियो।रातिको समयमा महिलामाथि धारिलो बस्तु प्रयोग गरी घाइते बनाउने कायम जारी रहेपछि प्रहरीले त्यो क्षेत्रलाई विशेष निगरानीमा राखेर खोज अनुसन्धान अगाडि बढाएको थियो।

सिसिटिभि फुटेजमा देखियो यस्तो दृश्य 

तपाईको प्रतिक्रिया दिनुहोस