त्यो रात मैले सोधे” दिदी तपाईं कहाँ सम्म जाने?” तर त्यो मान्छे भुत रहेछ।

२०७४ साल फागुन मैना गते याद भएन त्यस दिनको कुरो हो। म काठमाडौको जमलमा गाडी कुरेर बसिरहेको थिए त्यो दिन म संग बाइक पनि थिएन जतिबेला रातको ९ बजिसकेको थियो मौसम पनि चिसो चिसो थियो रात छिप्पिदै थियो त्यही बेला अचानक मेरो पुरानो साथी जो धादिङकै थियो उ अचानक आइपुग्यो र मलाई सोध्यो ओ इ किरण दाइ कहिले हो नेपाल ? नेपाल आएको पनि कुनै अत्तोपत्तो छैन त कि फेरि भुमिगत हो कि क्या हो ?

उसले यहि यस्तै कोइसन मलाई गर्दै गर्दा म पनि अकमक्क परे अरे भाइ तिमी अझै यहि texi चलाउदै छौं? लगभग ४, बर्ष पछिको हाम्रो भेट भएको थियो म पनि पहिला त देख्ने बित्तिकै कन्फ्युज भए।

दाजु आउनुहोस बस्नुहोस म लगिदिन्छु तपाईंको कोठामा भनेर बोलायो म बसे उसैको गाडीमा अनि एक छिन सुरु भयो तिइ पुराना गफ गाफ दाजु हामी होटल मुनलाइटमा गएर खुब स्नोकर खेल्थेयौं है ? अब तिइ पुराना दिनहरु भुल्न लाग्यो है? यस्तै यस्तै पुराना कुराहरु गर्दै गयौं जमल र लैनचौरको जामले गर्दा झन्डै हामीलाई सोह्र खुट्टे आउन ४५ मिनेट लागेको थियो थाहा थिएन केको जाम थियो सायद कुनै भिआइप सवार हुनुपर्छ, र सोह्र खुट्टे आएर मैले भने भाइ खाजा खाएर जाउँ है? धेरै बर्ष पछि भेट भएको छौ भनेर मैले भने उसले पनि हुन्छ भन्यो हामी त्यहिको हारती भन्ने चर्चित रेस्टुरेन्ट मा गयौं र खाजा अडर गर्यौं र भलाकुसारी गर्दै गयौ, त्यतिनै बेला उसले मलाई अपत्यारिलो खबर सुनाउन सुरु गर्यो उसले भन्दै गयो उसले भोगेकोन रियल कहानी ।

दाजु जब ७२ को भुकम्पले धेरै मानिसको मृत्यु भएको थियो त्यो त तपाईंले पनि थाहा पाएकै कुरा हो ७२ सालकै असोज मैना थियो दसै पनि नजिकै आउदै थियो त्यस दिन रातको ११ बजेको थियो दजु म ठमेलको फायर क्लब हुँदै दरवार मार्ग तिर गए मेरो काम प्यासेन्जर खोज्नुनै थियो त्यसैको आसाले म दरवार मार्ग पुगे त्यहा बाट दुई जना प्यासेनजर बोकेर शंखमुल पुर्याएर आफ्नो भाडा लिगेर म फर्किए लगभग पौने बाह्र बजिसकेको थियो रातको, म पुनः दरवारमार्ग आएर केही बेर बसे रात छिप्पिदै गएको थियो संगै चिसो पनि बढ्दै थियो धेरै बेर बसे कुनै प्यासेन्जर नभेटे पछि म कोठामा फर्कन पर्यो भनेर हिडे तर म घुमेर जाने निर्णय गरे दरवारमार्ग बाट त्रीचन्द्र क्याम्पस भद्रकाली हुँदै काठमाडौ महल हुँदै जान्छु कतै भेटिन्छ कि प्यासेन्जर भनेर म त्यसरी लागे कतै कोहि भेटिएन एकै चोटि लैनचौर आए पछि एक जना केटि मान्छे सेतो कुर्था सुरवाल लगाएर उभिरहेको देखे उसले पनि मलाई हात दियो मैले पनि रोके आखिर म पनि प्यासेन्जरकै लागि हिड्दै गरेको त हो दुइचार पैसाको आसले रातको समय निन्द्राको प्रवाह नगरी पेट्रोलको खर्च गर्दै घुम्दै थिए, बल्ल एक जना भए पनि भेटाए भनेर म खुसि भए।

मैले सोधे दिदी कहाँसम्म जाने तपाईं ?

त्यो मान्छेले अलि असजिलो र अनौठो पाराले जवाफ फर्कायो म आफ्नै घरमा जाने हो किन र? उल्टै मलाई प्रती प्रस्न गर्यो म पनि अचम्मित भएर सोधे, दिदी तपाईंको घर कहाँनेर हो कुन बाटो जाने ? फेरि उनको जवाफ भाइ तिमी जाने कि नजने? यस्तै यस्तै कुरा गर्दै लगभग १० मिनेट जति त्यही कुरा गर्दागर्दै सकियो मलाई लाग्यो कतै बाट रक्सी खाएर आएको होला ठिकै छ भनेर म हिडे अगाडि, जब म सोह्र खुट्टे तिर हिड्न लागे उनी फेरि बोल्यो भाइ यो बाटो हिड, मैले सोधे कुन बाटो दिदी ?

उनल मलाई गाडी फेकाउन लगायो लैनचौर हुँदै पानी पोखरी हुँदै टिचिङ हुँदै चक्रपथ चोकमा आइपुग्यौं अनि फेरि सोधे । अब कता हो दिदी? तपाईंले रक्सी खानु भएको छ हो?

त्यो मान्छे बल्ल बल्ल बोल्यो भाइ मलाई नेपालटार लिगेर हिड ।

अगिनै किन नभनेको त म सिधै लैजान्थे यतिबेला त घरमा पुगिसक्थ्यौं मैले यति मात्रै बोल्न भ्याएको थिए उनी फेरि रिसाइन तिमि जान्छौ कि जान्नौ? त्यो मान्छे पछाडि बसेको थियो, उ रिसाएपछि मैले लुकिङ्ग्लास हेरे त्यसको लुगा त कालो पो देख्छु अगि चढ्दा सेतो थियो अहिले कसरी कालो भयो भनेर म झसङ्ग भए त्यति बेला सम्म मैले उसलाई हेरेको थिएन एनामा हेर्छु कालो देख्छु पछाडि फर्केर हेरेको फेरि सेतै छ लुगा म अचम्म परे हैन के हो यो ? के हुदैछ आज भनेर मलाई भित्र भित्र डर लाग्न थाल्यो अनि फेरि त्यसैले भन्छ भाइ किन डराएको रे?

म झन डराउन थाले। घडी हेरे रातको १२:४७ भएको थियो त्यतिबेला रातको रोड पुरै खाली थियो काठमाडौ पुरै चकमन्न थियो जब हामी गोंगबु चोक पुग्यौ त्यहा दोहरी साँझमा काम गर्नेहरु निस्कन थालेको थियो मलाई पनि डर कम भयो, त्यो मान्छे बोल्दैन बोल्यो भने तपाईं हामी भन्दा फरक तरिकाले बोल्छ उ फेरि बोल्यो भाइ छिटो हिड त, मैले हुन्च भन्दै कुदाए माछापोखरी बाट बाइपास तिर गाडी मोडेको यता बाट होइन भन्यो, मैले भने हैन नेपालटार जाने भनेको होइन र? त्यो मान्छेले भन्यो हो, अनित किन त फेरि यहि बाट जाने त हो नेपालटार मेरो जवाफ सक्न नपाउदै उसले भन्यो मैले भनेनि भाइ खुरुखुरु हिड, मलाई झन डर लाग्यो छोड्नुन बोक्नु मलाई डर र तनाव दुबै भयो त्यो मान्छे रोएको जस्तो लाग्यो मैले सोधे दिदी धेरै गैसक्यो समय भन्नुहोस् छिटो कहाँ तपाईं घर यता बाट हिड भन्यो

सब्जी बजार बाट भित्र भन्यो दाइने साइट त्यतै लागे फेरि एनामा हेरे उसको रुप त फेरि बदलिएको जस्तो देखे फेरि पछाडि फर्केर हेरेको के हेरेको रे मलाई उल्टै म आफै अचम्मित हुँदै गए कहाँनेर हो दिदी भित्र भित्र बाट यता र उता गर्दै बल्ल बल्ल सेसमती खोलाको किनार नजिकै एउटा एकान्तको घरमा पुर्यायो र यहि हो मेरो घर भन्यो अनि त्यो मान्छे ओर्लियो गाडी बाट, मलाई पैसा पनि दिएको जस्तो गरेको छ तर मेरो हातमा पैसा छैन म छाँगा खसेको जस्तो भए अनि बोलाए दिदी दिदी मेरो भाडा खोइ ? बोलाए पटकपटक तर एकपटक पनि पछाडि फर्केर हेरेन गेट खोलेर भित्र गयो मैले त्यति सम्म देखेको छु गेटमा पुगेपछि त्यो मान्छेको लुगा पनि बदलिएको जस्तो देखे अचम्म भयो रातको १:१९ भैसकेको थियो।

उसले भाडा दिएको छ तर हातमा छैन बोलाउदा त्यो मान्छे एक शब्द नबोली भित्र गयो यसमा कुनै रहस्य होला भनेर म गाडी घुमाउन लागेको थिए त्यही घर बाट त्यही मान्छे छिरेको घर बाट केही आवाज आवाज आवाज अयो को हो हँ? कुनै बुडा मान्छे बोल्दै थियो

मैले भने म हो हजुर प्यासेन्जर छोड्न आएको
म texi वाला हुँ हजुर, मैले यहि शब्द भने, को आयो त यति राती कुन घरमा ल्याएको?

तपाईंकै घरमा छिरेको छ त आफै ढोका खोलेर भित्र गयो त हजुर भने बुढा बाजे तल झर्यो को आयो हँ भाडामा बस्ने होला भन्दै तल आयो मैले सबै कुरा भन्दिए केटि मान्छे थियो यस्तो थियो यसरी ल्याएको सबै भन्दिए पछि बल्ल मलाई थाहा भयो त्यो मान्छे त त्यहि घरको छोरी रहेछ जो ७२ सालको भुकम्पमा परि मरेको रहेछ।
म बल्ल छाँगा बाट झरे जस्तो भए, मैले त रातभर भुत बोकेर हिडेको पो रहेछु त्यसपछि त्यो घरमा अरु पनि मान्छेहरु उठ्यो हल्लाखला भयो त्यो घरको आमा बुवा रुन थाले मलाई आशीर्वाद दिए मेरो मरेको छोरिलाई ल्याएर आयौ भनेर मलाई आशीर्वाद दिए, म डरले लुक लुक काम्न थाले, मलाई लाग्न थाल्यो अब म कसरि कोठामा पुग्ने? बल्ल बल्ल कोठामा गए सुत्न सकिन उज्यालो भयो,त्यसको केही दिन मैले गाडी चलाइन अहिले रातमा चलाउदिन गाडी ।

उनको सबै कुरा सक्कियो खाजा नास्ता पनि सक्कियो मलाई पनि अचम्म लाग्यो के यस्तो पनि हुन्छ र? हामीले सुनेका हौं भुत हुन्छ अ रे तर यस्तो गाडीमा बोकेर रातभर घुमाएको कहानी कहिलै सुनेको थिएन कुन घटना मेरै साथिले सुनाउदा म पनि चकित अचम्मित भए

ट्याक्सी चालक भाइ संगको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!