शिल्पालाई कुटपिटको घटना बारे छवि ओझा यसो भन्छन,(भिडियो सहित)

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ विषयमा छलफल गर्न प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएको थियो आफू प्रहरी परिसर पुगे पनि शिल्पा नआएकाले हिजो छलफल हुन नसकेको छविले बताए । ‘उहाँ हिजो आउनुभएन, त्यसैले प्रहरीले आज बोलाएको थियो तर म अस्वस्थ भएर आज जान सकिनँ,’ छविले भने ।

छविको भनाइअनुसार गत ८ असारमा दिउँसोको खाना खाएपछि उनीहरुबीच घरायसी विषयमा झगडा भएको थियो त्यसपछि एकाएक शिल्पा स्कुटर लिएर घरबाट निस्किएको उनले बताए ‘दिउँसो उनी स्कुटर लिएर निस्किइन् बेलुका पाँच बजे विकास रौनियार (शिल्पाको बनाएको दाइ) र सम्झना उप्रेती रौनियार (विकासकी पत्नी) आए र उनको लुगाफाटो लिएर गए,’ छविले भने ।

आफूहरुको सम्वन्ध बिगार्न सम्झना र विकासले भूमिका खेलेको उनले दाबी गरे सम्झनाले भने शिल्पामाथि भौतिक आक्रमण नै भएपछि आफूहरुले हस्तक्षेप गर्नुपरेको बताइन् उनले भनिन्, ‘उहाँले घाँटी न्याक्नुका साथै कानको जाली फुट्ने गरी पिट्नुभएछ हामीले कन्यादान दिएर पठाएकी बहिनी गुहार माग्दै आएपछि हामीले संरक्षण नदिने कुरा आउँदैन ।छविको घर छोडेर आएपछि शिल्पा आफूहरुसँगै रहेको उनले बताइन् तर, प्रहरीमा उजुरीका लागि आफूहरुले नउक्साएको सम्झनाको भनाइ छ ‘प्रहरीमा जाने उनको निर्णय हो, हामीले यसमा कुनै भूमिका खेलेका छैनौं,’ उनले भनिन् ।

पिटेर कानको जाली फुटेको विषयमा प्रश्न गर्दा छविले ठाडै अस्वीकार गरे ‘यदि मैले त्यसरी पिटेको भए तुरुन्तै प्रहरीमा जानुहुन्थ्यो होला १५ दिनसम्म किन जानुभएन ?’ उनले भने, ‘यो बीचमा उहाँ विभिन्न सार्वजनिक कार्यक्रममा देखिनुभएको छ करिश्माजीको पार्टीमा जानुभएको थियो स्टारमलमा दिनभरी बस्नुहुन्छ मैले थला पर्ने गरी पिटेको भए कसैलाई त भन्नुहुन्थ्यो होला ।’

लगातार चार वटा वैवाहिक सम्वन्धलाई सम्हाल्न नसक्दा आफूमा केही कमजोरी पाउनुहुन्न भन्ने प्रश्नमा छविले भने, ‘उहाँलाई मेरो सबै पृष्ठभूमि थाहा थियो थाहा भएरै मसित सम्बन्ध गाँस्न आउनुभएको हो उहाँलाई मैले नै फिल्म उद्योगमा स्थापित गराएँ । तर उहाँले नै मलाई आज जीवनमा पहिलोपटक प्रहरी कार्यालय धाउन वाध्य बनाउनुभयो ।स्रोतका अनुसार शिल्पाले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि उनले विवाद सुल्झाउन विभिन्न व्यक्तिसँग सहयोग मागेका थिए चलचित्र संघ र निर्माता संघमा पनि पुगेका थिए । तर, शिल्पालाई आफैंले फोन चाहिँ गरेका छैनन् ।

बल्ल मुख खोले छबिले । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!