काठमाडौ पनि डुबानमा हेर्नुस् तस्बिर .

काठमाडौं : तीनदिनदेखिको अविरल वर्षाका कारण कलंकीको विभिन्न स्थान डुबानमा परेको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ । त्यस्तै उता अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ ।जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!