मलाइ मान्छे लगाएर मार्छु भन्यो तेसैले प्रहरीकोमा गए- शिल्पा पोखरेल(भिडियो हेर्नुस् )

नायिका शिल्पा पोखरेल अहिले निकै तनाबमा छिन । श्रीमान संगको बिबादले उनलाई झनै ठूलो चोट लागेको छ । उनले फेरि आफ्नो पीडा राखेकी छिन । उनले भनिन, “सकुन्जेल सहेर बसे अब सहन सकिन त्यसैले यसरी उजुरी दिएको हु । मैले अहिले सम्म ईज्जतको ख्याल गरेकैले यति धेरै पीडा सहेर बसेकी हु । अब सहन सकिन ।” उनले रुदै भनिन । मेरो कुरा कसैले बुझेन अझै नराम्रो कमेन्टहरु गर्ने प्रशस्तै भेटे । मलाई थोरैले भएपनी बुझिदिएका छन । उनले न्युज फिल्मी सङ कुरा गर्दै यस्तो बताएकी हुन ।

तस्बिर: न्युज फिल्मी बाट

निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् ।

हिँजो (आइतबार) उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो । तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन् । छवीले भने अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए । तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे । उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

शिल्पा लगभग अन्तरबार्ता भरिनै रोईन । उनले आफ्नो पीडा पोखिन, सुनाईन । उनका अनुसार धेरै समय देखि उनले यस्तो पीडा भोगेकी थिईन । उनी भोलिपल्ट सुटिङ जानुछ भने पनि खाना बनाएर फ्रीजमा राखेर जानुपर्थ्यो । यस झगडामा कुनको कानको जाली फुट्ने गरि हानेको आरोप छवि माथी छ । छवि भने यो कुरालाई स्विकार्दैनन तर शिल्पालाई डाक्टरले केही दिन स्पिकर बजेको स्थान नजिक नबस्न सुझाव दिएका छन ।

नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि लगन गाँठो कसेका छवीको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ । केही दिन अघि नायिका तथा छवीकी चौथी श्रीमतीको रुपमा भित्रिएकी शील्पाले प्रहरीमा श्रीमान छवीबाट ज्यान जोगाई पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सतहमा सार्वजनिक भएको हो ।

हेर्नुहोस भिडियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!