छोरा गुमाएका प्रचण्ड माथी अर्को पीडा सङ्गै बज्रपात

काठमाडौं – भर्खरै पुत्र बियोग ब्यहोरेका माओवादी अध्यक्ष प्रचण्डलाई थप अर्को पिडा थपिएको छ ।प्रचण्डलाई हालै थपिएको पिडा भने उनकै पत्नि सीता दाहालको कारणले हो । प्रचण्ड पत्नि सीता दाहाल जो जनयुद्धदेखी नै प्रचण्डलाई राजनीतीक परामर्श एवं सुझाव सरसल्लाह दिई जीवन साथीको साथै राजनैतीक सहयात्री बन्दै आएकी थिईन् हाल उनी असामान्य बन्न पुगेकी छन् ।

बोलीरहेको मान्छे को हो भनेर नचिन्ने , अहिलेको कुरा अहिल्यै बिर्सने, टोलाईरहने, एक्लै बर्बराउने जस्तो समस्या हाल सिता दाहाललाई देखा परेको छ जसका कारण प्रचण्डलाई पिडा थपीएको छ ।करीव चार वर्ष अघि जेठी पुत्री र हाल सालै एक मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्डले अव फेरी पत्नीको मनोरोगका कारण तनाव ब्यहोर्न पर्ने देखीएको छ ।

पत्नी सीता छोरा प्रकाशको निधनपछि टोलाईरहने कारणनै भर्खर मात्र प्रचण्ड परीवार लाजीम्पाट स्थीत निवासबाट खुमलटार सरेका थिए ।मनोरोग लगायत अन्य स्वास्थ्यमा समस्या देखीएपछि सीता दाहाललाई केही साताअघि उपचारका लागि भारत पुऱ्याइएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरूले बताए अनुसार र लक्षण हेर्दा उनलाई अल्जाइमर भएको हुन सक्ने आशङ्का गरेका छन् । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने आदि बनाउँछ। श्रोत – न्युज २४

थप समाचार

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिँदै जाँदा सम्भावित आइजीपीका बारेमा व्यापक चर्चा सुरु भएको छ । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ यही चैत २८ मा नेतृत्वबाट विदा हुँदैछन् ।आईजीपी अर्याल उनी विशेष परिस्थितिमा महानिरीक्षकको जिम्मेवारीमा आएका थिए भने श्रेष्ठ सहजै आईजीपी बनेका थिए । अर्याल र श्रेष्ठको अवकाशपछि देशभरी संगठन सञ्जाल भएको पुरानो संगठनको नेतृत्वमा को आउला भनि चासो र चर्चा हुनु अस्वाभाविक पनि मानिँदैन ।

तर नेपाल प्रहरीको नेतृत्व परिवर्तनको समयमा विगतमा हुनेगरेका राजनीतिक दाउपेचले भने यो संगठनले व्यावसायिक कौशल भएका अधिकृतहरुलाई पाखा पार्दै आएको अनुभव सुनाउँछन् उच्च तहकै प्रहरी अधिकारीहरु ।तर, स्रोतका अनुसार सरकारले दुवै सुरक्षा संगठनका भावी आईजीपीको नाम टुंगो लगाएको छ । नेपाल प्रहरीमा रमेश खरेल र सशस्त्र प्रहरीमा पुष्पराम केसीको नाम टुंगो लगाएको हो ।

आगामी हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले खरेल र केसीको नाम सिफारिस गर्ने सरकारको तयारी रहेको उच्च स्रोत बताउँछ ।बरियाताका अनुसार नेपाल प्रहरीका रमेश खरेल दोस्रो नम्बरमा थिए भने पहिलो नम्बरमा डिआईजी सर्वेन्द्र खनाल रहेका थिए । त्यस्तै तेस्रोमा डिआईजी पुष्कर काकी थिए ।

के छ नियमावलीमा ?

महानिरीक्षकमा बढुवा सम्बन्धी प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को ४१ मा यस्तो व्यवस्था रहेको छ– ‘यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरुमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरुमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ’ भनी व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!