पुडासैनी प्रकरण: अस्मिता कार्कीले खोलिन नयाँ रहस्य, दिपक र ज्वालालाई लाग्यो गम्भिर आरोप

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा मुछिएकी युवती अस्मिता कार्कीले आफ्ना पर्सनल एसएमएस धमाधम सार्वजनिक भएकोप्रति आपत्ति प्रकट गरेकी छिन् । उनले प*क्राउ पर्न भन्दा पहिला एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्रा*इममा मु*द्धा दायर गर्ने जनाएकी छिन् ।

चितवन प्रहरीले नि*यन्त्रण लिनुपूर्व अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युशर दीपक बोहरा र एक युवती ज्वाला संग्रौलाले गो*प्य हुनुपर्ने एसएमएसहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भन्दै आ*क्रोश व्यक्त गरिन् ।
‘‘घ*टना भएपछि सम्बन्धित निकायलाई ती एसएमएस दिँदा ठीक होला तर सामाजिक सञ्जालमा सार्वजनिक गरेर कसैलाई दोषारोपण गर्नु कत्तिको ठीक हो ?’’ उनको भनाई थियो ।

शालिकरामले पहिले पहिले पठाएका एसएमएसलाई सार्वजनिक गरी आफ्नो चरित्रह*त्या गर्न खोजेको भन्दै उनले यसबारे कानुनी उपचार खोज्ने जनाएकी हुन् । शालिकरामले आफूलाई आ*त्मह*त्या पूर्व एसएमएस पठाएकोबारे गोप्यता कायम राख्ने शर्तमा सिधा कुरा जनतासँग कार्यक्रम युनिटका क्यामेरामेन अनिल ढुंगेललाई उपलव्ध गराएको बताइन् । यस किसिमका एसएमएस शालिकरामले पठाएको भन्दै सम्झाइदिन आग्रह गर्दै पठाएको उनको भनाई छ ।

प*क्राउ पूर्व उनले भनिन्, ‘मैँले शालिकरामले पठाएका एसएमएस कृष्ण थापा र अनिल ढुंगेललाई गोप्यता कायम राख्ने शर्तमा शालिकरामलाई सम्झाईदिन आग्रह गर्दै दिएकोमा सामाजिक सञ्जालमार्फत दीपक बोहोरा र ज्वाला संग्रौलाले किन सार्वजनिक गरे ? मेरो व्यक्तिगत स्वतन्त्रतामाथि हनन् भयो ।’ उनले बताईन् ।

के छ नियममा ?
यसैबीच अधिवक्ताहरुले अर्काको एसएमएस विना अनुमति सार्वजनिक गर्नु अपराध हुने बताएका छन् । अधिवक्ता ज्योति बाँनिया र साइबर क्रा*इमसम्बन्धी विज्ञ एक अधिवक्ताले भने– ‘‘विद्युतीय कारोबार ऐनको दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई सजाय हुन व्यवस्था छ । जसमा कुनै पनि व्यक्तिको गोपनीयता सम्बन्धी विषय उसको प्रतिष्ठामा आँच आउनेगरी सार्वजनिक गर्न नपाउने उल्लेख छ । विद्युतीय माध्यममा सार्वजनिक गर्नेमाथि ५ वर्षसम्म कै*द र एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । सहमतिविना जसले सार्वजनिक गर्छ त्यही कसूरदार हुन्छ ।’’

सामाजिक सञ्जालमा आएका एसएमएसलाई लिएर युवतीमाथि उनको चरित्रमाथि अनेकन टिकाटिप्पणी गरे गराएमा ती व्यक्तिलाई पनि साइबार क्रा*इम लाग्ने अधिवक्ता लव मैनालीले बताए ।

उनले भने –‘‘एसएमएसकै आधारमा यदि कोही व्यक्तिले ती युवतीमाथि अनेकन् टिकाटिप्पणी गर्छ भने दोषी बनाउँछ भने ऊ साइबर क्राइमको सजायको भागीदार हुन्छ । किनकी सामाजिक सञ्जालमार्फत कसैको पनि चरित्रह*त्या गर्ने गराउनेगरी काम गर्न पाइँदैन । नेपालको कानूनले त्यस्तो गर्न छुट दिएको छैन । ’’

संविधानको धारा २८ मा गोप्यतासम्बन्धीको हक उल्लेख छ । जसमा व्यक्तिको जिउ, आवास, सम्पत्ति, पत्राचार, लिखत र तथ्याङकसम्बधी डकुमेन्टहरु सार्वजनिक गर्न नपाउने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!