बङलादेशमा भी*षण आ*गालागी, १५ हजार भन्दा बढि घर ज*लेर न*स्ट ,

एजेन्सी । बंग्लादेशकोको राजधानी ढाकाको एक झुग्गी(बस्ती क्षेत्रमा लागेको भी*षण आ*गलागीका कारण ५० हजार मानिस बेघर भएका छन् । शुक्रबार राति लागेको आ*गलागीका कारण सो बस्तीमा १५ हजार भन्दा बढि घर ज*लेका छन् ।

प्लाष्टिकका छत भएका घर बढि भएका कारण आ*गो नियन्त्रणमा लिन झनै गाह्रो भएको बताइएको छ । यो घ*टनामा कैयौँ मानिस घा*इते भएका छन् तर कसैको मृ*त्यु भएको खबर भने नआएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । त्यहाँ धेरै जसो मजदुरहरु रहने गरेको र इद उल अज़हाका कारण आफ्नो पैतृक क्षेत्रमा गएका थिए ।

अहिलेसम्म आगो के कारणले लाग्यो भन्नेबारे केही खुलेको छैन । आ*गो नियन्त्रणमा लिन दमकललगायतका यन्त्रसहित अग्नी सुरक्षाकर्मीलाई ६ घण्टाभन्दा बढि लागेको बताइएको छ । बंग्लादेश सरकारले त्यहाँ साहयता जुटाइने जनाएको छ ।

छत ज*लिसकेपछि घर नहुँदा त्यहाँका नागरिक अहिले खुला आकासमुनि नै रात बिताइ रहेका छन् । यसै र्वषको फेब्रररीमा ढाकाको एक ऐतिहासिक क्षेत्रमा आ*गलागीका कारण कम्तिमा ८० को मृ*त्यु भएको थियो ।न्युज २४ नेपाल बाट

तपाईको प्रतिक्रिया दिनुहोस