शालिकराम मृ*त्यु प्रकरणमा सिसि टिभी फुटेजमा देखियो यस्तो दृश्य !

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण हरेक दिन नयाँ मोडमा जान थालेको छ । नुवाकोटका पुडासैनीले जीवनत्याग गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको खुलासा भएको छ ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा मृत फेला परेका थिए । होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेको देखिएको हो । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!