नेपालमा भारत विरुद्ध आन्दोलन भै रहेकै बेला, भारतले बन्द गर्‍यो यी नाका,

काठमाडौं । भारतले नेपालका केही नाका एकतर्फी बन्द गरेको छ । भारतले उत्तर प्रदेशसँग जोडिएका रुपन्देहीदेखि कञ्चनपुरसम्मको ७ नाका बन्द गरेकाे हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपाल प्रशासनलाई औपचारिक जानकारी नदिइ नाका बन्द गरेको बताउनुभयो ।

भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले केही नाका बन्द गरिएको भारतीय अधिकारीले जनाएका छन् । नेपालगञ्जको रुपडिया, बर्दिया, कैलाली र दाङलगायका नाका बन्द भएको छ ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएको छ । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस