‘सम्झौता र मित्रताका नाममा नेपाल कदापी झुक्नु हुदैन’ भन्दै प्रधानमन्त्रीलाई मा’ओवादी पुर्बलडाकुको खुल्लापत्र,

भारतले जारी गरेको राजनैतिक नक्सामा नेपाली भुभाग कालापानी लिपुलेक समेत समेटेर भारतले नयाँ नक्सा जारि गरे लगत्तै नेपालमा भारतीय हस्तक्षेप विरुद्ध बुलन्द रुपमा सडक देखि संसद सम्म चर्को रुपमा आवाज उठि रहेको छ।
नेपालले यश भन्दा पहिले पनि करिब ६० हजार हेक्टर भन्दा बढी नेपाली भुभाग मिचिएको दाबी छ। तर हालै भारतको प्लोटिकल म्याप भनेर सार्बजनिक गरेको नक्सामा नेपाली भुभागलाइ नै समेटेपछी यो बिषय अहिले निकै गम्भीर भनेको छ,
यश बिषयमा प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको गन्भिर ध्यानाकर्षण होस भन्दै माओवादी पुर्व लडाकु समेत रहेका टिकाराम ओलिले सामाजिक सन्जाल फेसबुक मार्फत प्रधानमन्त्रीलाइ खुल्ला पत्र लेखेका छन।
यो हेर्नुस उहाकै शब्दमा।

सम्मानिय प्रधानमन्त्री ज्यु हार्दिक नमस्कार संगै सर्वप्रथम हजुरको सु-स्वास्थ लाभको कामना व्यक्त गर्दै सामाजिक संजाल मार्फत खुला पत्र प्रस्तुत गर्न चाहन्छु ।

विषय भर्खरै भारतले जारी गरेको नक्साले कालापानी र लिपुलेक भारतमा राखेको खबरले अत्यन्त दुखित बनाएको मात्र बनाएको छैन । हामीलाई झन् बढी आक्रोसित बनाएको छ ।अब हामीले कसरी समस्या समाधान गर्छौ ? हामीले इतिहासबाट के सिकेका छौ ? बर्तमानमा के गर्न सक्छौं ?रास्ट्र बचाउनको अब के गर्न सक्छौं? हामीलाई हाम्रो देशप्रतिको माया कतिको छ ? हामीले दिनदिनै व्यक्त गर्ने राष्ट्रवादले अब कालापानी र लिपुलेक जोगाउन सक्छौं कि सक्दैनौं ? यस्तै अनगिन्ती प्रश्न,जिज्ञासा,चासो र चिन्ता सहितसहितको सम्मानिय प्रधानमन्त्री ज्युलाई पत्र मार्फतव्यक्त गर्न चाहन्छु ।

प्रधानमन्त्री ज्यु भारतीय हस्तक्षेप विरुद्ध हिजो नाकाबन्दीको बेला तपाईं नै प्रधानमन्त्री रहेको बेला जसरी भारत संग नझुकेर हिमाल झैँ अडिग रहनु भएको थियो ।आज पनि तपाईं नै प्रधानमन्त्री रहदै गर्दा कालापानी र लिपुलेकमा भएको भारतीय हस्तक्षेप विरुद्ध अझै कठोर भएर हाम्रो एक इन्च पनि भुमि गुम्न नदिन तपाईंको साहसीक कदम हामीले खोजीरहेका छौ । हामी दुई चार महिना भोकै बस्न सक्छौं तर हाम्रो भुमि गुमाएर आनन्दले कदापि बस्ने छैनौं प्रधानमन्त्री ज्यु । सधैं नेपाललाई कम्जोर बनाई रहने हाम्रो छिमेकी भारतीय हस्तक्षेप अब सहि रहन सकिदैन । पुर्खाले हजारौं बलिदान बाट जोगाएको भुमि । सकिन्छ वार्ता र कुटनैतिक पहल गर्नुस् । वार्ता र कुटनैतिक पहलले हुदैन प्रतिवादको निम्ति गोर्खाली फोजको ताकत देखाउनु होस् । नेपाली जनताको बहादुरीता देखाउने आट गर्नुस् प्रधानमन्त्री ज्यु । भारतीय गोर्खा भर्ती केन्द्र तत्काल बन्द गर्नुस् ।त्यहाँ भएका गोर्खा फोजलाई तत्काल संमान जनक रूपमा नेपाल फर्काउने बातावरण मिलाउनु होस् ।

प्रधानमन्त्री ज्यु सम्झौता र मित्रताको नाममा अब नेपाल झुक्नु हुदैन १९५० देखी हाल सम्म भएका आसमान सुगौली सन्धि र सम्झौताहरु खारेज गर्ने बेला आएको छ । नेपाल दुई देश बिचको तरुण होइन जहाँ जसले चाहे पकाउन सक्ने ।नेपाल दुई देशको बीच रहेको अटल र बिसाल मन भएको सुन्दर फुलबारी हो । हामीले हाम्रो छिमेकीलाई सधैं सुगन्ध दिन्छौं ।तर हाम्रो छिमेकीले हामीलाई जहिल्यै दुरघन्धित ब्याभार दिन्छन् ।

प्रधानमन्त्री ज्यु भारतको हस्तक्षेपले अब १९५०को असमान सन्धि सम्झौता देखी अहिले सम्मका सबै सन्धि सम्झौतामा बहस गर्ने अवसर प्राप्त भएको छ अब नेपालले सम्पुर्ण असमान सन्धि सम्झौता खारेज गर्न सक्नुपर्छ प्रधानमन्त्री ज्यु ।
कहिलेको अघोषित नाकाबन्दी कहिले सिमानामा दादागिरी हुँदै अहिले नक्सा नै परिवर्तन गर्ने भारतीय धम्किले सिंगो नेपाल आक्रान्त बन्न पुगेको छ प्रधानमन्त्री ज्यु ।

सिमानामा बिवाद गरेर भारतले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गर्दै नेपाललाई कम्जोर बनाउदै हस्तक्षेप गरिरहने भारतीय शासकहरुको दाउपेच सामान्य खालको कदापि छैन प्रधानमन्त्री ज्यु । यस्तो जटिल अवस्थामा नेपाली जनता, राजनीतिक पार्टीहरु टुलुटुलु हेरेर बस्न सक्छन् र प्रधानमन्त्री ज्यु ? नेपाल सरकार,राजनीतिक पार्टीहरु, बौद्धिक जगत,विस्लेसक बिज्ञहरु कतिको ताकतदार छन् भन्ने अग्निपरीक्षा आएको छ । पुर्खाको इतिहास बचाउने र नयाँ युगको इतिहास रच्ने अवसरको ढोका खुलेको छ ।
सिमाना जस्तो समवेदनशील हाम्रो भूगोल मिचाई प्रती भारतले गरेको दादागिरीबाट नेपाली जनतामा आक्रोश पैदा भएको छ । प्रधानमन्त्री ज्यु भारत भनेको त देश मात्र ठुलो हो मन त उसको सानो देशलाई कम्जोर बनाई रहने बिस्तारवादी निति नै हो ।
मन ठुलो भएको त हाम्रो नेपाल र हामी नेपाली हो । उसको जम्बु कस्विर र भारतको रक्षा गर्न गोर्खा रेजिमेन्ट पठाई दिएका छौ ।गोर्खा भर्ती केन्द्र खोलिदिएका छौ । हजारौं नेपालीले गोर्खा रेजिमेन्टबाट गरेको बलिदानको उपहार हाम्रो छिमेकीले कसरी दिएका छन् ! हामीले कसरी लिएका छौ भन्ने गहिरो समिक्षा गराैं प्रधानमन्त्री ज्यु ? पाकिस्तान संग लड्न भारतलाई नेपाली चाहिने भए ।हाम्रो कालापानी र लिपुलेक जोगाउन पनि हामी नेपाली सक्षम छौ भनेर देखाउने बेला आएको छ प्रधानमन्त्री ज्यु । बरु दुई चार महिना भोकै बसेर भएपनि हाम्रो सिमानामा काडेतार र पर्खाल लगाउने घोषण गर्नुस् प्रधानमन्त्री ज्यु ।

हाम्रो सबै सीमाहरु मिच्दै जाने र हामी चुपचाप सहि रहने हो भन्ने कुनै दिन नेपाल नै गुमाउने अवस्था आउन सक्छ । त्यसैले प्रधानमन्त्री ज्यु अब हामी कमजोरी छौ भनेर सहिरहने होइन ।बहादुरी छौ भनेर उठ्ने बेला आएको छ । मिसाइल र तोपहरु छैन भनेर डराउने होइन ।तोप र मिसाइल नस्ट बनाउने खुकुरीको धार भारतलाई राम्रो संग थाहा छ। मिचिएको सिमाना हेर्दै रुदै गर्ने कम्जोर इतिहास रचेर मोर्न रहर नेपालीलाई कदापि छैन प्रधानमन्त्री ज्यु । बरु हाम्रो भूगोल बचाउन जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली जनता तयार छन् । अब खुला सिमाना प्रवेश अनुमति पत्र लागु गर्नुपर्छ । सीमा क्षेत्रको रक्षा र सुरक्षामा कुनै कमि नहुन दिन सेनालाई सिमा रक्षाको निम्ति परिचालन गर्नुपर्छ ।
हाम्रो स्वाधीनतामा माथि हस्तक्षेप गरिरहने भारतलाई सबै नेपाली एक भएर प्रतिरोध गर्नुको विकल्प छैन ।
नेपालको प्राकृतिक सम्पदाहरुको असीमित नाफा उठाउदै आएको भारतले सधैं नेपाल गरिबीमा रहोस् भन्ने चाहन्छ ।कहिले नाकाबन्दी लगाएर हुन्छ कि। युद्ध आन्दोलन र बिद्रोह भड्काएर हुन्छ कि। नेता मन्त्री र पहुँच भएकाहरुलाई किनेर हुन्छ कि सयोगको प्रलोभन पारेर हुन्छ कि जसरी भएपनि नेपालले कहिले प्रगति नगरोस् भन्ने सोच राख्ने त्यत्रो बिसाल देश भएको भारतले बोइलर कुखुराको बच्चाको जत्रो मुटु बनाएर सधैं हस्तक्षेप गरिरहेको छ ।

स्वतन्त्र,सार्वभौमसत्ता नेपाल माथि भारतले गरिरहेको बारम्बारको हस्तक्षेप विरुद्ध नेपालले अन्तर्राष्ट्रिय जगतलाई किन जानकारी गराउन सक्दैन प्रधानमन्त्री ज्यु ? कहिल्यै कसैबाट शासित नभएको नेपाल माथि भारतले दबाई रहने र हामी दबि रहने असल छिमेकी सम्झी रहने गल्ती अब हामीले गर्नु हुदैन । अब हामीले छिमेकी चिन्ने बेला आएको छ प्रधानमन्त्री ज्यु । भारतले आफुलाई जतिसुकै शक्तिसम्पन्न रास्ट्र बादी गरेपनि एउटा सानो देश पाकिस्तान संग लड्न नेपाली नै चाहिएको होइन र ?नेपाली फोजको तागतले जम्बु कास्बिरमा देखाएको बहादुरीताले आज विस्वमा आफ्नो हैसियत देखाउने ठाउँ पुगेको कतिछिटै भुलेको होला भारतले ? प्रधानमन्त्री ज्यु भारत शक्तिशाली र शक्ति सम्पन्न ठुलो रास्ट्र हो भनेर भनेर हामी डराई रहनु पर्दैन जतिसुकै शक्तिशाली भए पनि भारत बोईलर कुखुरा चल्लाको जत्रो मुटु बनाएर हाम्रो भुमि अतिक्रमण गरिएको छ।
हामी सानो रास्ट्र भएपनि हाम्रो मुटु बिसाल भारत भन्दा ठुलो छ । शक्ति सम्पन्न अङ्ग्रेजहरुलाई धुलो चटाउने हाम्रो सानो देश नेपाल नै हो । त्यसैले लेपुलेक र कालापानी जोगाउनपनि हामी सफल हुनेछौ भन्ने हामीलाई विस्वास छ प्रधानमन्त्री ज्यु ।हाम्रो पुर्खाले रगतको खोला बगाएर जोगाएको सिमानामा मिच्नेहरुलाई हामीले छोड्न सक्दैनौं ।
हामी जुनसुकै मुल्य चुकाउन परे पनि हामी चुकाउन तयार छौ ।तर हाम्रो एक इन्च पनि भुमि गुम्न दिने छैनौं भन्ने साहस हामी संग छ । प्रधानमन्त्री ज्यु अब अब हामी सत्ता र भत्ताको लडाइ बन्द गराैं । हाम्रो सत्ता र भत्ताको लडाइले छिमेकीले हाम्रो अस्तित्व नै सक्न लागीसके ।
आज सिमानाको विषय मात्र होइन प्रधानमन्त्री ज्यु नेपाल हरेक ठाउँमा भारतीय शासकहरुको हैकम चलेको छ ।नेता, मन्त्री र कर्मचारी देखी नेपाली नागरिकता बोक्ने काम चै भारतको एजेन्ड गर्नेहरुले चारैतिर हैकम चलाएका छन् ।त्यसको पनि पहिचान गराैं ।
भोटका लागि देश भक्ति बन्ने र भोट पाएपछि भारतले हाम्रो भुमि अतिक्रमण गर्दा समेत चुप लागेर बस्ने राजनीतिक संस्कारले आज गम्भीर परिस्थितिको सामाना हामीले गर्नुपरेको छ । अब बिगतको गल्ती र कमजोरीले सिकाएको गलत प्रवृतिको अत्य गर्दै एकाअर्कालाई धारे हात लगाएर होइन । सबै एक ढिक्का बनेर हाम्रो भुमि फिर्ता गर्न पहल गराैं । टिकाराम वली

तपाईको प्रतिक्रिया दिनुहोस