सशस्त्र प्रहरिले धमाधम भत्काउन थाले दशगजा क्षेत्रमा बनेका अबैध घरटहरा,

रौतहट, १२ पुस /नेपाल र भारत दूवै पक्षका सुरक्षाकर्मीले संयुक्त रुपमा दशगजा क्षेत्रमा भएका विभिन्न संरचना हटाउन थालिएका छन् ।

दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालिएको हो । रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका उपरिक्षक रविन राज कर्णजितले बताए ।
दशगजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए । जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका घरगोठका कारण कतिपय स्थानमा सीमा स्तम्भ खोज्न मुस्किल हुने गरेको थियो । भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेका छन् ।
‘हामीले परोहा नगरपालिकामा पर्ने पिल्लर संख्या ३५५, ३५५-१, ३५५-२, ३५४-३, ४ र ५ सम्म रहेका सबै अतिक्रमण हटाइसकेका छौं’ सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले भने, ‘सबै सीमा स्तभ्महरुकोे तथ्याक पनि संकलन गरेका छौं ।’
गौर बैरगनिया जोडने मितेरी पुलको छेउमै भारतीय पक्षले भन्सारको चेक प्वाइन्टसमेत बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस